Section 80
पूर्व पक्षलार्ई उत्तरदायी बनाउन सूचना दिनुपर्ने मनासिब समय
अनादरको सूचना पाउने पक्षले पूर्वपक्षलार्ई आफूप्रति उत्तरदायी बनाउन चाहेमा त्यस्तो सूचना प्राप्त गरेपछि आफू धारक भएको भए जति समयभित्र सूचना पठाउनुपर्ने थियो, त्यतिकै समयभित्र पठाएको सूचनालार्ई मनासिब समयभित्र पठाएको मानिनेछ ।